add

पछिल्लो अपडेट :

  • January 23, 2021

मिलनको गीतमा शिवसताक्षीका भुवनकाे मोडेलिंग

विराटनगर / नेपाल आईडलबाट एक्कासी गायन क्षेत्रमा उदाएका गायक मिलन परियारको आवाजमा पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ। “एउटै सपना” बोलको गीतमा हरि घिसिङको शब्द रहेको छ । साेमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि गीत रिलिज भएको हो ।

एएचपी ईन्टरटेन्मेन्टद्वारा निर्मित उक्त म्युजिक भिडियोमा नेपाल टेलिभिजन इटहरीका कार्यक्रम प्रस्तोता भूवन दाहाललाई नेपाली कला क्षेत्रमा पहिलाे पटक देख्न सकिन्छ । नेपाल टेलिभिजनमा कार्यक्रम संचालन गर्दा दर्शक महानुभावको सल्लाह, सुझाव र थप प्रेरणाले गर्दा नेपाली आधुनिक गीतबाट मोडलिङ मा आएको दाहालले बताए ।

त्यसो त भुवन स्टेज कार्यक्रममा समेत पूर्वकाे लोकप्रिय नाम हो । । इलाम र मोरङका पर्यटकीय स्थलमा खिचिएको उक्त म्युजिक भिडियो सन्देशमुलक रहेको माेडेल दाहालले बताएका छन । भिडियो रिलिज भएकाे पहिलाे दिननै दर्शक बाट राम्रो प्रतिक्रिया पाएकाे गायक परियारले बताए । भिडियोलाई बिमल ढुङ्गेलले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

मेचीनगरमा ढुंगा प्रहार गरेर श्रीमतीको हत्या

Read Next

लालापानी चन्द्रडाँगी जोड्न कनकाईमा झोलुङ्गे पुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *