add

कमल गाउँपालिकामा श्रीमानद्धारा श्रीमतीको हत्या

झापा / झापामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राकेश थापाले बताए ।

सामान्य घरायसी विवादमा रिसले आक्रोसित भएका श्रीमानले घरैमा राखेको खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापाको घटना स्थलमै मृत्यु भएको हो । शनिबार पौने पाँच बजे भएको उक्त घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटना स्थलबाटै नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार घटनाको अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुस्

admin

Read Previous

जोखिममा निर्धक्क रक्तदान

Read Next

शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई बाख्रा उपहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *