झापा / झापाको दमक १ का चुडामणी भण्डारीले आफनै श्रीमतिको हत्या गरेका छन ।
आइतबार साँझ कमल गाउँपालिका वडा नम्बर ६ स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३५ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डीतले घटनाको पुष्टि गर्दै हत्यामा संलग्न भण्डारीलाई तत्काल नियन्त्रणमा लिएको बताएका छन् ।
भण्डारीले आफ्नै श्रीमतीको हत्या गर्नु पर्ने कारण प्रहरीलाई खुलाएका छैनन् । घटनास्थलमा अर्का एक पुरुषले केही सामाग्री छोडेर भागेको स्थानीयहरुले बताएका छन्। फरार भएका ति पुरुषका बारेमा थप केही थाहा हुन सकेको छैन ।
टिकामायासँगै धान उठाउन गएका दमक-२ का प्रकाशचन्द्र दाहाललाई समेत भण्डारीले खुकुरी प्रहार गरेका छन्। दाहालको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
भण्डारीले आफ्नी श्रीमतीमाथि शंका गर्दै दाहाललाई समेत खुकुरी प्रहार गरेको प्रहरीको शंका छ।