add

स्नोकर खेलाडीका लागि च्याम्पियन बन्ने अवसर

बिराटनगर । प्रदेश १ को राजधानी बिराटनगरमा पहिलो पटक अन्तरास्ट्रिय स्तरको खुल्ला स्नोकर प्रतियोगिता हुने भएको छ ।

फस्ट ब्रेक स्नोकर एण्ड पुल क्लबले चैत्र २ गतेदेखि आयोजना गर्न लागेको प्रतियोगितामा १६ वर्षदेखि माथिका जुनसुकै उमेर समूहका ब्यक्तिले प्रवेश शुल्क ३ हजार ५ सय तिरेर खेल्न पाउने ब्यवस्था गरिएको छ ।

प्रतियोगितामा नेपाल र भारतका १ सय २८ जना खेलाडीले सहभागिता जनाउने क्लबका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

स्नोकर खेलप्रति लोकप्रियता बढ्दै गएको कारण नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्न लागेको उनले जनाए ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको बिजेताले १ लाख ८० हजार नगदसहित ट्रफी पाउने छन् ।

फस्ट रनरअपले ८० हजार नगदसहित ट्रफी पाउने छन् ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

कोरोनाले अस्तव्यस्त खेल क्षेत्र

Read Next

शिवसताक्षीमा थपिँदै पर्यटकीय गन्तव्य, बन्दैछ अन्तर्राष्ट्रिय मापदण्डको वाटर पार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *