add

झिलझिले हत्या प्रकरण: अनुसन्धानको लागि ट्रयाकर डग ‘लैला’ घटना स्थलमा

तस्विर गुगल

झापा / शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह मगरको बीभत्स हत्याको अनुसन्धानको लागी धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्दत लिइएको छ ।

मगरको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साथै मृतकको शरीरका विभिन्न भागमा चोट देखिन्छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको टोली पुगी अनुसन्धानमा जुटेको छ ।

घटनाको थप अनुसन्धानको लागी धरानबाट ट्रयाकर डग ‘लैला’ घटना स्थलमा आईपुगेको डिएसपी थापाले जानकारी दिए । कुकुर शाखाका सई दयानन्द श्रेष्ठको कमान्डमा घटनास्थल पुगेको लैलाले प्रहरी अनुसन्धानलाई सघाउने छ ।

१ नम्बर प्रदेशमा कर्तव्य ज्यान जस्ता संम्वेदनशिल घटनाहरूमा अपराधी पहिचान गर्न ट्रयाकर डग ‘लैला’ प्रयोग गरिन्छ।घटनास्थलमा अपराधीले छाडेको सुराक सुँघेर पत्ता लगाउन सक्ने क्षमताको लैलाले यस अघि विभिन्न जिल्लामा घटेका हत्या तथा बलात्कार केशमा प्रहरीलाई अपराधीसम्म पुराउन ठुलो मद्दत गरिसकेको छ । 

बेपत्ता थिए मृतक

शिवसताक्षी नगरपालिका मैनाचुलीका २९ वर्षीय गोमनसिंह मगर मंगलबारदेखि बेपत्ता भएका थिए ।

परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन जानकारी गराएका थिए। अन्ततस् मगरको शव धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे भेटिएको हो। सताक्षीधामकाे रतुवामाई वृक्षारोपणका बन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।

कमेन्ट गर्नुस्

विनोद सापकोटा

सापकोटा वेलकम सताक्षी डटकमका सम्पादक हुन् । उनीसँग सेतोपाटी डटकमसहित झापाका विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Read Previous

रतुवामाईको जंगलमा शिवसताक्षीका युवकको हत्या

Read Next

झिलझिले घटना : अल्मलियो ट्रयाकर डग ‘लैला’, प्रहरीलाई थपियो चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *