झापा / शिवसताक्षीका २९ वर्षीय गोमनसिंह मगरको हत्याराको खोजीमा ल्याइएको तालिम प्राप्त कुकुरले हत्यामा संलग्नको तत्काल पत्ता लगाउन सकेन । कुकुरले बुधबार दिउसाे २ बजे सम्म हत्यारा पत्ता नलगाएपछि प्रहरीलाई चुनौती थपिएको छ ।
प्रहरीलाई आफन्तले गोमनसिंह हराएको मौखिक खवर मंगलबार राती ९ बजे तिरै गरेका थिए । प्रहरीले समयमै चासो नदिंदा अकल्पनीय घटना घटेको स्थानीयले बताएका छन् । स्थानीयले भने, ‘अपराधीलाई तत्काल पक्राउ गरेर सार्वजनिक प्रहरीले गर्नुपर्छ ।’ राजमार्ग उत्तरको करिब १ किलो मिटर दुरीको जंगलमा हत्या हुँदा ईलाका प्रहरी कार्यालय झिलझिले पनि त्यति नै दुरीमा रहेको छ । घटना स्थल देखी पुर्वको करिव ३ सय मिटर दुरीमा मानव बस्ती रहेको छ ।
घटना स्थलमा पुगेको तालिम प्राप्त उक्त कुकुर केहीबेरपछि झिलझिले चोकतिर आएको थियो । यसले हत्यारा राजमार्ग तिर भागेको सङ्केत गरेको छ । शिवसताक्षी–११ निवासी मगरको शिरोचछेदन भएको शब बुधवार विहान १० झिलझिले स्थित राजमार्गबाट एक किलोमिटर उत्तर धाम जाने बाटोको किनारमा भेटिएको थियो ।
घटना स्थलमा धरानबाट ल्याइएको प्रहरीको तालिमप्राप्त कुकुर (लैला)ले धामको बाटो हुँदै राजमार्गसम्म पुगेर हत्यारा भागेको सङ्केत गरेको प्रहरीको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार घटना स्थल सुँघेर लैला राजमार्गसम्म आएको र त्यसपछि अलमलिएको थियाे । हत्यारा भागेको बाटो पत्ता लगाउने क्रममा लैला दुईपटक राजमार्गसम्म आएको थियो ।
घटना स्थल नजिकै फेला परेको मोटरसाइकल विगत एक महिनादेखि मगरले नै प्रयोग गर्दै आएका थिए ।सोही मोटरसाइकल चढेर वा चढाइएर मगरलाई जंगलमा पुर्याइएको आशंका छ ।