add

पछिल्लो अपडेट :

  • December 3, 2020

झिलझिलेमा जिपलाइन : युट्युबर भाग्य न्यौपानेले भने ‘सुरुमा डर लागेपनि पछि मज्जा आयो’

झिलझिले / पुर्वमा दोश्रो पटक साहसिक खेल ‘जिपलाइन’ सुरु हुने भएको छ । १ नम्बर प्रदेशको भेडेटार-धरानमा यस अघि यो खेल सुरु भएको थियो । शिवसताक्षीको वाटर किङडम पार्क एण्ड रिसोर्ट प्रालिले ‘जीपलाइन’ अर्थात डोरी मा झुन्डिएर खेलिने खेल संचालनको तयारी गरेको हो ।

यो बन्जी जस्तै साहसिक खेल हो । प्याराग्लाइडिङ पछिको यो साहसिक खेल मानिन्छ । झिलझिले बजारको नजिकै गरेको ‘जिपर्लानको नेपालका चर्चीत युट्यवर भाग्य न्यौपानेले बुधरबार सफल परिक्षण गरे । न्यौपानेको ‘जिपलाइन’ जीवनको पहिलो अनुभव हो । उनले सुरुमा डर लागेपनि पछि मज्जा आएको बताए । उनले सुरुमा डर मानेपनि दोश्रो पटक निर्धक्क जीपलाइन खेलेका थिए ।

वाटर किङडम पार्कमा तीन प्रकारका साहसिक खेल ‘जीपलाइन’ रहेका छन् । कम्पनीका मालिक राजकुमार संग्रौलाका अनुसार एकजना मात्र खेल्न मिल्ने गरि क्लासिक ‘जीप लाइन’ , दुई जना एकै पटक खेल्न मिल्ने कप्पल ‘जीपलाइन’ र सुतेर अनि हात फिजाएर खेल्ने सुपरम्यान गरि तीन प्रकारको साहसिक खेल संचालनमा ल्याउने तयारी छ । आन्तरीक तथा वाहिय पर्यटकहरुको आफ्नै रोजाई र इच्छा का आधारमा ‘जीपलाइन’ को मज्जा लिन सकिने गरि निर्माण भएको संचालक संग्रौलाले बताए ।

पार्कमा १ सय ३५ मिटरको लामो जिपलाईन का लागि डोरी झुण्डयाइएको छ । जमिनको सतहदेखी ५८ मिटरको उचाईबाट करिव ३८ सेकेण्डमा एउटा जिपलाईन टावरबाट फिनिसिङ्ग लाईन सम्म पुग्न सकिन्छ । जिपलाइनका प्राविधिक नविनका अनुसार झिलझिलेमा निर्माण भएको जीपलाइनले ८ हजार किलोग्राम सम्मको वजन सहजै थाप्न सक्छ । फ्रान्स र ईटालीमा निर्माण भएका जीपलाईनका उपकरणहरु पार्क भित्र फिटगरिएको छ । प्राविधिक नविनले भने ‘खतरा हुने चान्स १ प्रतिशत पनि रहन्न ।’

संचालक संग्रौलाका अनुसार चिल्ड्रेन पार्क, वाटर पार्क, पार्टी प्यालेस, सबै उमेर समूहका लागि स्वीमिङ्ग पुल, डान्स वाटर पार्क, आकर्षक गुफा लगायतका संरचना पार्कमा निर्माण भएका छन् । २३ करोडको लगानीमा निर्माण भएको पार्कमा पर्यटकको आवासका लागि ४४ वटा आकर्षक कोठाहरु छन् ।

स्वीमिङ्ग पुल, वेभ पुल, स्लाइडिङका ५ आईटम र सावर डान्स पनि पार्कभित्र छन् । पानीद्वारा सञ्चालन हुने संरचना भारतीय कम्पनीले निर्माण गरेको हो । वाटर पार्क भित्र भेज एण्ड नन भेज होटल संचालन हुने छ ।

लकडाउनका कारण स्थगित गरिएको पार्कको उद्धघाटन तीहारको लक्ष्मी पुजाका दिन गरिने संचालक संग्रौलाले बताए ।

कमेन्ट गर्नुस्

वेलकम सताक्षीधाम

वेलकम सताक्षीधाम झापाको शिवसताक्षी नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । थप जानकारीका लागि welcomesatakshidham@gmail.com मा सन्देश पठाउनु होला ।

Read Previous

शिवसताक्षीमा दुर्घटना : ज्यान लिएर फरार बुलेट बाइकको खोजी

Read Next

नेपाली कांग्रेसको चियापान स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *